Home
About Us
SOCH Youth
Affilation
Programs / Activities
News & Reports
Cooperatives
About Humanism
Photo Gallery
Contact Us

 

 

 

Cooperatives

SOCH has established “Manavbadi Saving & Credit Cooperative Limited” for the sustainability of humanist movement in Nepal. It services its members for the insurance, credit and deposit, health care, education facility and humanitarian programs.

मानववादी अभियान केवल सिद्धान्तमा मात्रै केन्द्रित गर्दा हाम्रो जस्तो विकासशील देशका जनताले यसको व्यवहारिक प्रयोग गर्ने अवसरबाट वञ्चित हुनु पर्ने बाध्यता रहन्छ । हाम्रो समाजले राजनीति र प्रशासनमा नैतिकताको कमी, समाजमा मानव अधिकारप्रतिको प्रतिवद्धतामा कमी, धर्ममा स्वतन्त्रताको अभाव, शिक्षा र सँस्कृतिमा आधुनिकता र वैज्ञानिक ज्ञानको कमी जस्ता अनगिन्ती चुनौतीहरु व्यहोरी रहेको छ । ती सबै चुनौतीहरुले हामीलाई सधैँ गरिब, अन्धविश्वासी, डरु, अल्छी, अज्ञानी मात्र बनाई रहेका छन् ।

यसै कुरालाई मध्यनजर गर्दै सोच नेपालले मानववादी सोचलाई व्यवहारिकरुपमा समाजमा लागु गर्नका लागि थालनी गरेको एक अभियान अर्न्तर्गत मानववादी बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरिएको हो । यो सहकारी काठमाण्डौ जिल्लामा दर्ता भई संचालनमा रहेको छ । सहकारीका ७ ओटै सिद्धान्त मानववादी दृष्टिले उपयुक्त देखिएकाले पनि सहकारी अभियानले समाज विकासका लागि ठूलो योगदान दिन सक्दछ भन्ने सोच नेपालको ठहर हो । यस मानववादी सहकारी अभियानलाई निकट भविष्यमा नै देशव्यापी गर्ने सोच नेपालको लक्ष्य छ ।

सुरुमा करिब २५ जना सदस्यहरुबाट सुरु गरिएको सहकारीसंस्थामा स्थापनाकालदेखि नै सदस्य संख्या बढदो क्रममा हाल आएर ३०० भन्दा बढी सदस्यहरु भइसकेको छ ।

मानववादी बचत तथा ऋण सहकारी संस्थामा सहभागी हुन इच्छा भएमा हामीलाई सर्म्पर्क गर्न सक्नु हुनेछ ।

मानववादी बचत तथा ऋण सहकारी संस्थाका उद्देश्यहरु :

- स्थानीय तहमा मानववादी सोचयुक्त गतिविधिको प्रबर्द्धन ।

- सरल र सुखी जीवनका लागि सदस्यहरुलाई सुक्ष्म वित्तीय कार्यक्रमका लागि सहयोग गर्ने ।

- सदस्यहरुबीच ऋण र लगानीको अवसर एवं कारोवारमा सहयोग गर्ने ।

- समुदायमा आधारित विकासका सम्भावनाहरुको खोजी गर्ने ।

 

 

 

 

 
 
 
 
 

Copyright © 2007 - 2009 sochnepal.org All Rights Reserved. Powered by: webtechnepal.com