Home
About Us
SOCH Youth
Affilation
Programs / Activities
News & Reports
Cooperatives
About Humanism
Photo Gallery
Contact Us

 

 

 

About Humanism

मानववाद

मानववाद जीवन र जगत्लाई बुझने जीवनपरक दर्शन हो । यो विज्ञानका सहाराले मानवसमाज, जीवन र जगत्लाई नियाल्ने सोच वा विचारधारा हो । मानववाद लौकिक दर्शन हो । यसले यही लोकलाई सत्य मान्छ । अप्रमाणित, अदृश्य र वस्तुनिरपेक्ष कुरालाई यसले अस्वीकार गर्छ । यसले काल्पनिक विचारमा विश्वास गर्दैन । यसले आत्मा र शरीरलाई अलग्याएर मानवअस्तित्वलाई अर्थ्याउन सकिन्न भन्ने कुरामा निष्ठा राख्दछ । यर्सथ यसले आत्माको निरपेक्ष अस्तित्वलाई होइन जैविक अस्तित्वलाई स्वीकार गर्दछ ।

प्रकृति, समाज र आफ्नै शरीरसँगका अन्योन्याश्रति सम्बन्धका आधारमा मानिसको आत्म, मन, चित्त, बुद्धि आदि प्रभावित र प्रभावकारी रहन्छन् । कुनै पनि मानिसको जीवन उसैका लागि साध्य र साधन हो । यसैले मानिस मौलिक रूपले आफैमा स्वायत्त र सामाजिक रूपले समूह वा समाजमा अन्तर्निर्भर हुन्छ । यही स्वयत्तता र अन्तर्निभरता मानवजीवनको र्सार्थकता हो भन्ने चिन्तन मानववादको दार्शनिक वा वैचारिक धरातल हो ।

मानववादले धर्मको विरोध गर्दर्ैन तर धार्मिक आडम्बरी, धर्मान्धता र धर्मका नाममा गरिने बर्बरता, निर्विवेकी व्यवहार, अन्याय र शोषणको यसले खुलेर विरोध गर्दछ । खास गरी अन्धविश्वास र विज्ञानविरुद्धका अद्भूत अवतार, अदृश्य शक्ति, मानिसमार् इश्वरीय वा दैविक शक्तिको प्रवेश भएको भन्ने औतारी, बाबा, देवी वा शक्ति भनेर मानिसले गर्ने स्वघोषणा वा त्यसमाथि विश्वास गर्ने प्रणाली वा चिन्तनपद्धतिको मानववादले खुलेर विरोध गर्छ ।

मानववाद धर्मनिरपेक्षताको पक्षपाती छ । धर्मलाई व्यक्तिगत विचारको स्वतन्त्रतासम्ममा सीमित गर्नुपर्छ भन्ने यसको मान्यता छ । धर्म सामाजिक वस्तु नभएर व्यक्तिगत रूपले ग्रहण गरिएको मान्यता हो । यसैले धर्मका नियमले समाजलाई सञ्चालन गर्नु हुँदैन । समाजको सञ्चालनको व्यवस्था विज्ञान र प्रविधिको सहयोग लिएर सामूहिक मानवबुद्धिले मिलाउनर्ुपर्छ । कानुन सामाजिक व्यवस्थापनको माध्यम हो । राज्यले धार्मिक विश्वासमा बगेर होइन यथार्थ हेरेर वस्तुगत तरिकाले सामाजिक परिपाटी क्रियान्वित राख्नर्ुपर्छ भन्ने यसको मान्यता छ । यसका धेरै मान्यताहरू विज्ञानवादीसँग मिल्छन् र्रर् इश्वरवादीहरूसँग यसका मूलभूत दृष्टिकोण मेल खाँदैनन् । मानववाद उग्रवादी चिन्तनपद्धतिको सधैँ विपक्षमा उभिन्छ । यो उग्र भौतिकवादी चिन्तनमा विश्वास गरेर जीवन र जगत्को मानवमूल्यहीन पदार्थजन्य व्याख्यामा विश्वास गर्दैन ।
मानववादको केन्द्रियता मानिस हो । यही सन्सार र प्रकृतिका स्रोतसाधनद्वारा मानिसको सर्वोत्तम हितमा प्रयोग गरिए सबैको जीवन सुखमय बन्न सक्छ भन्ने यसको सर्वोच्च मान्यता हो । मानवको हित विज्ञानको सदुपयोगबाट मात्र हुन्छ । मानिसको हितका लागि मानवीय नैतिकता अत्यावश्यक छ । यस कारण मानवोचित मूल्यमान्यतायुक्त समाजको मानववादले सदा वकालत गर्दछ ।

मानववादको आम्र्सर्टडम घोषणापत्र- २००२

सन् १९५२ मा क्ष्लतभचलबतष्यलब ज्िumबलष्कत बलम भ्तजष्अब ग्िलष्यल ९क्ष्ज्भ्ग्० का संस्थापकहरुको सम्मेलनमा आधुनिक मानववादको आधारभुत सिद्दान्तमा सहमती भयो । उनीहरुले सो सहमतीलाई आम्टडम घोषणा पत्र नामाकरण गरे । त्यस बेलाको विश्व सित युद्ध र शक्तिको राजनीतिमा केन्द्रित रहेकाले यस घोषणा पत्रलाई शिशु घोषणा पत्रकारुपमा हेरिन्छ ।

विश्वका मानवावदीहरुको ५० औँ सम्मेलन सन् २००२ मा पुनः नेदरल्याण्डमा भयो । सो सम्मेलनले १९५२ को धोषणा पत्रलाई अध्यावधिक गर्यो । अध्यावधिक गरिएको सो घोषणा पत्रलाई विश्व मानववादी संगठन क्ष्ज्भ्ग् को साधारण सभाले ग्रहण गरेपछि मानववादको परिभाषाकालागि विश्व भरी संस्थागतरुपमा यस घोषणा पत्रलाई स्विकार गरिएको छ ।

आम्र्सर्टडम घोषणापत्र- २००२
मानववाद शताब्दीऔं अघिदेखि स्वतन्त्र विचार राख्नेहरुको प्रतिफल हो । जुन संसारका महान चिन्तक तथा सृजनशील कलाकारहरुलाई प्रेरणाको स्रोत भएको छ । यसले प्रेरक तत्त्वको भूमिका निर्वाह गरेको छ । साथै यसले विज्ञानको समेत उदय गराएको छ ।
आधुकि मानववादका आधारभूत तत्त्वहरु निम्न छन्-

१. मानववाद नैतिकतामा आधारित छ । यसले व्यक्तिगत स्वाधिनताका साथै सामाजिक मूल्य मान्यता र मर्यादाको प्रतिज्ञा गर्दछ । साथै यसल अरुको अधिकार सुहाउँदो वा अरुको अधिकारको पनि ख्याल गर्दै प्रत्येक मानिसको अधिकारको पक्षमाप्रतिबद्धता जाहेर गर्दछ । मानववादीहरुको काँधमा भविष्यका पुस्ताको बारेमा ख्याल रख्दै सम्पर्ूण्ा मानववादीहरुको काँधमा भविष्यको पुस्ताको बारेमा ख्याल राख्दै सम्पर्ूण्ा मानवजगतको रक्षा र हेरचाह गर्नुपर्ने दायित्व रहेको हुन्छ । मानववादीले नैतिकता मानिसको अन्तर्निहित मानवीय स्वभाव हो भन्ने विश्वास गर्दछ । जुन स्पष्ट बुझाइ र अरुको भलाइमा केन्द्रित हुनर्ुपर्दछ । नैतिटकता यस्तो तत्त्व हो जसलाई बाहिरी स्वीकृति वा अरुको आज्ञाको आवश्यकता हुँदैन ।
२. मानववाद विवेक पर्ूण्ा छ । यसले विज्ञानलाई विनासका लागि नभई सृजनात्मक रुपमा प्रयोग गर्न चाहन्छ । मानववादीहरु संसारका सबै समस्याहरुको समाधान दैवीशक्तिमा होइन मानिसको विचारशक्ति र उसले गर्ने कार्यमा हुन्छ भन्ने विश्वास गर्दछन् । मानववादले मानव कल्याण विरुद्धको समस्या समाधान गर्न वैज्ञानिक र स्वतन्त्र खोजको विधि अपनाउनुपर्ने र विज्ञान तथा प्रविधिको प्रयोग मानवीय मूल्य र मान्यतामा आधारित हुनुपर्ने मान्यता राख्दछन् । विज्ञानले हामीलाई साधन उपलब्ध गराउँदछ तर साधनहरुको अन्तिम सीमा मानवीय हित नै हुनर्ुपर्दछ ।
३. मानववादले प्रजातन्त्र र मानवअधिकारको र्समर्थन गर्दछ । यसले प्रत्येक मानवको अधिकतम विकासको वा उन्नतिको लक्ष्य राखेको हुन्छ । साथै प्रजातन्त्र र मानवविकास मानवअधिकारकोप्रमुख तत्वहरु हुन भ्न्ने धारणामानववादको रहेको छ । विभिन्न मानवीय सम्बन्धहरुमा प्रजातन्त्र र मानवअधिकारको सिद्धान्तहरु प्रयोग गर्न सकिनछ । जसलाई सरकारको कार्यविधिले बन्देज लगाउन सक्दैन ।
४. मानववादले व्यक्तिगत स्वतन्त्रता र सामाजिक दायित्व बीच अन्तरनिहित सम्बन्ध हुनेमा जोड दिन्छ । यसले सामाजिक दायित्वप्रति सचेत स्वतन्त्र नागरिकको विचारमा आधारित संसारको परिकल्पना गर्दछ । साथै प्राकृतिक संसारसँग हाम्रो निर्भरता र दायित्व रहेको सत्यलाई पनि मानववादले स्वीकार गर्दछ । मानववादी विचार अन्धविश्वासबाट मुक्त छ, यसले आफ्ना अनुयायीहरुमाथि जबरजस्ती विचार थोपर्दैन । यसकारण मानववाद जबरजस्ती लादिने विचार नभएर स्वतन्त्र शिक्षा पद्धत्रि्रति प्रतिबद्धता जाहेर गर्दछ ।
५. मानववाद कट्टरपन्थी धर्महरुको विकल्पमा गरिएको र्सवव्यापी मागको प्रतिक्रिया हो । संसारका प्रमुख धर्महरु आफ्नो धर्म अनन्तकालसम्मको लागि प्रकट भएको दाबी गर्दछन् भने धेरैजसो धर्मले आफ्नो सांसारिक धारणा संसारभरका मानिसमाथि लाद्ने प्रयास गर्दछन् । तर मानववादले मानव र विश्वको बारेमा निरन्तर अवलोकन मूल्याङ्कन र पुनःपरीक्षण वा समयोचित परिमार्जन गरिएको भरपर्दो विचारलाई मात्र मान्यता दिन्छ ।
६. मानववादले कलात्मक सृजनशीलता र कल्पना शक्तिलाई महत्त्व दिन्छ । त्यस्तै यसले परिवर्तन ल्याउन सक्ने कलाको शक्तिलाई पनि स्वीकार्दछ । मानववादले साहित्य र सङ्गीतका साथै व्यक्तिगत विकास र सफलताको लागि देखाइने तथा पर््रदर्शन गरिने जुनसुकै कलाको महत्त्व बुझदछ ।
७. मानववाद एउटा जीवनपद्धति हो । जसको मुख्य लक्ष्य नैतिकता र सृजनशीलताको खोजी गर्दै वा माध्यमबाट प्रत्येक मानिसको अधिकतम विकास गराउनु रहेको छ । यसले नैतिकता र विवेकको माध्यमबाट हाम्रो समयका चुनौतीहरुलाई सम्बोधन गर्न सकिन्छ भन्ने विश्वास राख्दछ । मानववाद जहाँसुकै जो कोहीको जीवन जिउने बाटो बन्न सक्दछ ।
हाम्रो -मानववादीहरुको) को प्रमुख उद्देश्य भनेको मानिसहरुलाई साधारण अर्थमा मानववाद भनेको के हो - र यसले के प्रतिबद्धता जाहेर गर्दछ भन्ने कुरा बुझाउनु हो । हामी स्वतन्त्र अन्वेषण, विज्ञान र सिर्जनशील कल्पना शक्तिलाई उपयोग गर्दै शान्तिलाई बढावा दिन र दया, माया र करुणाको भावनासहित मानवसेवामा लाग्ने क्रममा हामीबीच आइपर्ने समस्याहरुलाई समाधान गर्ने साधन हामीसँग छन् भन्नेमा विश्वस्त छौं । हामी मानववादका सिद्धान्तमा विश्वास गर्ने र हाम्रो प्रयत्नलाई सहयोगगर्ने इच्छा भएका सम्पर्ूण्ा महानुभावहरुलाई हामीसँग आबद्ध हुने आग्रह गर्दछौं ।

Defining humanism according to various dictionaries:

  • ...a non-religious philosophy, based on liberal human values. Little Oxford Dictionary

  • ...an appeal to reason in contrast to revelation or religious authority as a means of finding out about the natural world and destiny of man, and also giving a grounding for morality... Humanist ethics is also distinguished by placing the end of moral action in the welfare of humanity rather than in fulfilling the will of God. Oxford Companion to Philosophy

  • ...seeking, without religion, the best in, and for, human beings. Chambers Pocket Dictionary

  • ...a doctrine, attitude, or way of life centered on human interests or values; especially: a philosophy that usually rejects supernaturalism and stresses an individual's dignity and worth and capacity for self-realization through reason. Merriam Webster Dictionary

  • The rejection of religion in favor of the advancement of humanity by its own efforts. Collins Concise Dictionary

  • That which is characteristically human, not supernatural, that which belongs to man and not to external nature, that which raises man to his greatest height or gives him, as man, his greatest satisfaction… Encyclopedia of the Social Sciences

  • ...a morally concerned style of intellectual atheism openly avowed by only a small minority of individuals but tacitly accepted by a wide spectrum of educated people in all parts of the Western world. Oxford Companion to the Mind

  • A system of thought that centers on humans and their values, capacities, and worth. American Heritage Dictionary

Sourc: COHE

 

 
 
 
 
 

Copyright © 2007 sochnepal.org All Rights Reserved. Powered by: webtechnepal.com